परराष्ट्रमन्त्री नारायण खड्का लन्डन जाने भएका छन् ।
बेलायती महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टि समारोहमा सहभागी हुन परराष्ट्रमन्त्री खड्का लन्डन जाने कार्यक्रम तय भएको परराष्ट्र स्रोतले बताएको छ ।
यही भदौ २३ मा मृत्यु बरण गरेकी महारानी एलिजाबेथको आगामी असोज ३ गते लन्डनमै अन्त्यष्टि गरिने कार्यक्रम तय भएको छ ।
एलिजाबेथ द्वितीयको निधनपछि नेपालले भदौ २५ देखि २७ सम्म शोक मनाउने निर्णय गरेको थियो ।
न्यूज समय
२९ भाद्र, २०७९, बुधबार ००:००