१९ मंसिर २०८१, बुधबार  |  4 December 2024,Wednesday
Ad

राष्ट्रपति भण्डारीद्वारा पाँच विधेयक प्रमाणीकारण

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम पाँच वटा विधेयक प्रमाणीकरण गरेकी छन् ।
संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएका पाँचवटा विधेयक राष्ट्रिपति भण्डारीले प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
यसरी प्रमाणीकरण हुने विधेयकहरुमा तथ्यांक सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, स्टाण्डर्ड नाप र तौल, ऐन २०२५ लाई संशोधन गर्न बनेको विधेयक, प्रत्यायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक रहेको छ ।
त्यस्तै सार्वजनिक पदधारण गर्ने व्यक्तिको शपथ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र योगमाया आयुर्वेद विश्वविद्यालयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पनि राष्ट्रपतिले प्रमाणीकारण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*