१९ मंसिर २०८१, बुधबार  |  4 December 2024,Wednesday
Ad

केपी ओलीका लागि चुनौती बन्दै मेदिनी सिटौला


झापा क्षेत्र नम्बर ५ प्रमुख विपक्षी दलका नेता केपी ओलीको निर्वाचन क्षेत्र हो । यो क्षेत्रमा एमालेलाई चुनौती दिनका लागि नेपाली कांग्रेसका युवा नेता मेदीनीप्रसाद सिटौलाले तयारी गरेका छन् । युवा बिद्यार्थीहरुमाझ चर्चाको केन्द्रमा रहेका नेता सिटौला कांग्रेस कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलको केन्द्रिय राजनीतिमा समेत नेतृत्व प्रदान गरिसकेका नेता हुन् । राजनीतिक परिवर्तनका आन्दोलनहरुमा राजधानी केन्द्रित भएका उनी पछिल्लो समय झापा ५ मा नै राजनीति गरिरहेका छन् । २०४८ देखी २०५१ सम्म नेपाल ल क्याम्पसको नेविसंघ ईकाईमा रहेर काम गरेका सिटौला २०५९ देखी २०६१ सम्म नेविसंघको केन्द्रीय उपाध्यक्षको जिम्मेवारी समेत पूरा गरिसकेका नेता हुन । सिटौलाले २०६७ देखि २०७२ सम्म नेपाल तरुण दलको केन्द्रीय सदस्य भएर काम गरिसकेका छन । राजनीतिक परिर्वतनका आन्दोलनहरुमा पटक पटक जेल जीवन समेत विताएका सिटौला कांग्रेस भित्र परिवर्तन सम्भव छ तर त्यसकालागि संकल्प जरुरी भएको बताउछन् ।

गत स्थानीय तहको चुनावमा एमालेका विरुद्धको यो क्षेत्रमा राप्रपा, माओवादी र नेकपा एस लगायतका पार्टीहरुलाई एकताबद्ध गराउन समेत युवा नेता सिटौलाले महत्वपूर्ण भूमिका खेलेका थिए । स्थानीय तहको निर्वाचनमा यो क्षेत्र अन्तरगत पर्ने केपी ओलीको गृहनगर दमक नगरपालिकामा नै राप्रपाले जीत निकालेको छ । राप्रपालाई दमक नगरपालिकामा राप्रपालाई सहयोग गरेको थियो । वैशाखमा सम्पन्न भएको स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा एमाले अध्यक्ष ओलीको चुनाव क्षेत्र कांग्रेसले लिने सहमति दलहरूका बीचमा भएको थियो । चुनावी तालमेल गरेका गठबन्धनमा रहेका चार दल र राप्रपाबीच झापा–५ कांग्रेसलाई दिने समझदारी भएको हो ।

आसन्न निर्वाचनमा झापा–५ मा राप्रपाले सत्ता गठबन्धनलाई सघाउने भएको छ । स्थानीय तह निर्वाचनमा भएको सहमतिअनुसार राप्रपाले आसन्न निर्वाचनमा सत्ता गठबन्धनलाई सघाउने भएको हो । राप्रपाले केन्द्रमा एमालेसँग चुनावी तालमेल गरे पनि झापा–५ मा केन्द्रीय सहमति लागु नहुने उनको दाबी छ । त्यसमाथि दमक नगरपालिकाका मेयरका उमेदवार राप्रपाका राम थापा नै भएपनि अध्यक्ष राजेन्द्र लिङदेन सत्ता गठबन्धनसंग मिलेको भन्दै भाषण गर्न समेत दमकमा पुगेका थिएनन् । त्यसैले पनि लिङ्देनले केपी ओलीसंग सहयोग गरेपनि दमक नगरपलिकाका मेयर केपी ओलीको पक्षमा देखिदैनन् ।

झापा ५ मा कांग्रेस, माओवादी, नेकपा एस र राप्रपा एक ठाँउमा हुँदा एमालेको मत भन्दा अन्य दलहरुको मत बढि देखिन्छ । स्थानीय तहमा वडा अध्यक्षले पाएको मत अनुसार एमालेको ४१ हजार ६१९, कांग्रेसको २२ हजार २२, माओवादीको १० हजार ७८८, राप्रपाको ८ हजार ३५३ र नेकपा एसको १ हजार ९८८ मत छ । यो क्षेत्रमा सिके राउतको जनमत पार्टीको मत पनि अलि अलि देखिन्छ । यो भोट १ हजार ५३२ मत एमालेको भन्दा अन्य पार्टीको बढि देखिन्छ ।

स्थानीय तहको निर्वाचनमा गठबन्धनमा गराउन मुख्य भूमिका खेलेका मेदिनी सिटौलालाई उमेदवार बनाउने तयारीमा कांग्रेस रहेको छ । कांग्रेसले युवालाई अगाडि सार्दा थप भोट बढ्ने संभवना रहेका कारण पनि मेदिनीलाई ओलीका विरुद्धमा अगाडि सार्ने तयारीमा कांग्रेस रहेको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*