वरिष्ठ राजनीतिज्ञ तथा समाजवादी चिन्तक माननिय गिरीको स्वास्थ्य लाभको प्रार्थना गरियो
नेपाली काँग्रेस वैचारिक अभियानले मेडिसिटी अस्पतालको सघन कक्षमा उपचारररत वरिष्ठ राजनीतिज्ञ तथा समाजवादी चिन्तक माननिय प्रदिप गिरीको स्वास्थ्य लाभको प्रार्थना सभा सम्पन्न गरेको छ ।
नेपाल साँस्कृतिक संघ डिल्ली बजार काठमाडौंमा शुक्रबार सम्पन्न सभा हलमा नेपाली काँग्रेसका नेता नरहरी आचार्य, दिपकुमार उपाध्याय, एन.पी. साउद, दुर्गा सुवेदी लागएतले गिरीको ब्यतित्वका बारेमा चर्चा गरेका थिए ।
बैचारीक अभियानका संयोजक युवराज खातीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्यहरु दिपक गिरी, संजय गौतम, प्रतिम गौतम, गुरु बराल, नानु बास्तोला लगाएतका नेताहरुको उपश्थिती रहेका थियो ।
त्यस अवसरमा शान्ती पाठ र महामृत्युञ्जय मन्त्रोचारण सहित दिप प्रज्वलन गरी चिन्तक गिरीको स्वास्थ लाभको कामना गरिएको थियो ।
केही समय यता क्यान्सर रोगबाट पिडित गिरी भारतमा उपचार गरी नेपाल फर्किए लगतै पुनः स्वास्थ्यमा समस्या आए पछि अहिले भैसेपाटी स्थित मेडिसिटी अस्पतालको सघन कक्षमा राखेर उपचार भइरहेको छ ।