१८ मंसिर २०८१, मंगलवार  |  3 December 2024,Tuesday
Ad

काठमाडौं उपत्यकामा पुनः “नो हर्न” अभियान थालनी

काठमाडौं उपत्यकामा पुनः “नो हर्न” अभियान सञ्चालन थालिएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरीको आयोजना एवं काठमाडौं महानगरपालिका, पद्यमकन्या बहुमुखी क्याम्पस र कान्तिपुर डेन्टल हस्पिटलको सहकार्यमा “नो हर्न” अभियान थालिएको हो ।
काठमाडौं महानगरपालिकाले २०७३ चैत्र देखि “नो हर्न” अभियान थालेको भए पनि कोरोना तथा दैवि प्रकोप जस्ता कुराका कारण यो अभियान प्रभावकारी बन्न सकेको थिएन् ।
अभियान उद्घाटन कार्यकममा बोल्दै महानगरपालिकाका मेयर बालेन साहाले हर्नले मानिसको स्वास्थ्यमा प्रतिकुल असर पर्ने भएकोले त्यसबाट मानिसहरुलाई जोगाउन यो अभियान थालिएको बताए । महानगरपालिकाले सुरु गरेको यो अभियान विविध कारणले पूर्ण सफल हुन नसकेकोमा अव सवैले आ–आफ्नो क्षेत्रबाट सघाए यो अभियान सफल हुने पनि मेयर साहाको धारणा थियो ।


भर्खरै मात्र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुखको जिम्मा पाएकी प्रहरी नायब महानिरीक्षक मीरा चौधरीले ‘नो हर्न’ अभियानलाई सफल बनाउन ट्राफिक प्रहरी कटिवद्ध भएर लाग्ने बताईन ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*