काठमाडौका बिभिन्न स्थानबाट २२ जना लागुऔषध कारोबारी पक्राउ
नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले काठमाडौको विभिन्न स्थानबाट लागुऔषध कारोबारमा संलग्न २२ जनालाई पक्राउ गरेको छ ।
गएको आषाढ यता प्रहरीले पटक पटक गरि २२ जना कारोवारीलाई नियन्त्रणमा लिई प्रत्रकार सम्मेलन मार्फत आज सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा ४ महिला र १८ जना पुरुष रहेका छन् । झण्डै ५८ लाख मुल्य बरावरको ४५९ ग्राम खैरो हेराइन, डायलेक्श डिसी ११८० बोतल, नाइट्राभेट ट्याब्लेट १२६० थान, प्रोक्सीभन क्याप्सुल १५० थान लागुऔषध पनि उनिहरुको साथबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ परेकाहरुलाई काठमाडौं जिल्ला अदालतबाट म्याद थप भई लागूऔषध ऐन २०३३ अनुसार कानुनी कारबाही अगाडी बढेको ब्यूरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विकासराज खनालले बताए ।