अर्थमन्त्रीमा पुन : जनार्दन शर्मा नियुक्त
नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा पुनः अर्थमन्त्रीमा नियुक्त भएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई अर्थमन्त्रीमा नियुक्त गरेकी हुन् ।
अनधिकृत व्यक्तिलाई बजेट निमार्णमा संलग्न गराएको आरोप लागेका शर्माले संसदीय छानबिन समितिलाई सघाउन असार २२ मा राजिनामा दिएका थिए ।
संसदीय छानबिन समितिले बजेट निर्माणका बेला कुनै अनधिकृत व्यक्तिको संलग्नता नभएको प्रतिवेदन दिएपछि शर्माले पुनः अर्थमन्त्रीको जिम्जेवारी पाएका हुन् ।
अर्थमन्त्री शर्माको शपथ ग्रहण आजै हुने कार्यक्रम तय भएको श्रोतले बताएको छ ।