डेढ वर्षभित्र काठमाडौं महानगरभित्रमा विजुलीका तार अन्डरग्राउन्ड गर्ने बालेनको घोषणा

न्यूज समय

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले डेढ वर्षभित्र काठमाडौं महानगरभित्रमा विद्युतका तारहरू अन्डरग्राउन्ड गर्ने बताएका छन् ।

आज बसेको कार्यपालिका बैठकमा उनले यस्तो बताएका हुन् ।

यसअघि, मेयर साहले प्रत्येक सोमबार काठमाडौंको विकासका लागि विद्युत् प्राधिकरण, उपत्यका खानेपानी लिमिटेड, सडक विभाग लगायतका निकायसँग प्रत्येक सोमबार समन्वयात्मक बैठक बस्ने घोषणा गरेका थिए ।