५ आश्विन २०८१, शनिबार  |  21 September 2024,Saturday
Ad

पहिरोका कारण नारायणगढ– मुग्लिन सडक दुवैतर्फ अवरुद्ध


पहिरोका कारण नारायणगढ– मुग्लिन सडक दुवैतर्फ अवरुद्ध भएको छ। चितवनको इच्छाकामना–६ तोपेखोलास्थित नाम्सी पुलमा पहिरो खसेका कारण गए रातिदेखि सडक अवरुद्ध भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरहरि अधिकारीले बिहीबार बिहानैदेखि पहिरो हटाएर राजमार्ग खुलाउने प्रयास भइरहेको जानकारी दिए। पहिरोकै कारण मुग्लिन–नौबिसे सडक पनि अवरुद्ध भएको छ।

इच्छाकामना–४ स्थित नाग्दिखोलामा गए राति पहिरो खसेका कारण सडक दुईतर्फी अवरुद्ध भएको प्रवक्ता अधिकारीले जानकारी दिए।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*