५ जेष्ठ २०८१, शनिबार  |  18 May 2024,Saturday
Ad

बिभिन्न पाँच बिधामा सात नगरपालिका उत्कृष्ठ बने

नेपाल नगरपालिका संघको २९ औं बार्षिक उत्सवमा ७ वटा नगरपालिकालाई उत्कृष्ट घोषणा गरिएको छ ।
संघको बार्षिक उत्सवका आवसरमा आईतवार नेपाल भरिका नगरपालिका मध्य बिभिन्न पाँच विधामा ७ नरपालिकालाई उत्कृष्ट घोषणा गरिएको हो ।
घोषणा गरेका नगरपालिकाहरुमा संस्थागत विकास, सेवा प्रवाह तथा वित्तीय सुशासन तर्फ स्याङजाको वालिङ र पुतलीबजार नगरपालिका परेका छन् । त्यस्तै शहरी योजना, पूर्वाधार विकास तथा विपद् व्यवस्थापनतर्फ धादिङको निकलण्ठ नगरपालिका उत्कृष्टमा परेको छ ।
त्यस्तै सामाजिक विकासतर्फ रुपन्देहीको तिलोत्तमा र चितवनको राप्ती नगरपालिका उत्कृष्ट घोषित भएको छ ।
वन वातावरण, जयवायु परिवर्तनतर्फ इलाम नगरपालिका उत्कृष्ट बनेको छ भने थानीय आर्थिक विकासतर्फ सर्लाहीको हरिवन नगरपालिका परेको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*