६ जेष्ठ २०८१, आईतवार  |  19 May 2024,Sunday
Ad

नेपाली बजारमा सुनको मूल्य लाख नाघ्यो

नेपाली बजारमा पहेंलो धातु सुनको मूल्य फेरी बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आज तोलाको एक लाख एक हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला एक लाख एक हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यस अघि शुक्रबार तोलाको ९९ हजर नौ सयमा कारोबार भएको छापावाल सुनको मूल्यमा तोलाम दुई हजार रुपैयाँले बढेको हो भने तेजावी सुनमा पनि प्रति तोला दुई हजारले बढेको छ ।
त्यस्तै चाँदीमा पनि प्रति तोला ३५ रुपैयाँले बढेर तोलाको एक हजार ४१५ पुगेको महासंघले जनाएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*