७ जेष्ठ २०८१, सोमबार  |  20 May 2024,Monday
Ad

चितवनमा बर्डफ्लु पुष्टि, ५ हजार बढी कुखुरा नष्ट गरियो

भरतपुर उपमहानगरपालिका ८ गौरिगंज स्थित एक फर्मका हाँस र कुखुरामा बर्डफ्लू भेटिएको छ ।
त्यहाँ स्थित महतो पोल्ट्री इन्डस्ट्रिज प्रा.लि.मा बर्डफ्लुुको संक्रमण पुष्टि भएपछि विहीबार फर्ममा रहेका हाँस तथा कुखुरा नष्ट गरिएको छ ।
फर्म संचालकका अनुसार केहि दिन यता कुखुरा मर्न थालेपछि नमुना परीक्षण गरिएको थियो । नमुना परिक्षण गर्दा बर्डफ्लु पुष्टि भएपछि झण्डै पाँचहजार कुखुरा नष्ट गरिएको त्यहाँ स्थित भेटेरिनरी अस्पतालका निमित्त प्रमुख डा. प्रभात न्यौपानेले बताएका छन् ।
न्यौपानेका अनुसार फर्म वरपर पनि संक्रमण फैलिएको हुन सक्ने भन्दै वरपर पालिएका कुखुरा पनि नष्ट गरिएको छ ।
त्यस क्षेत्रमा अझै बर्डफ्लुका जिवाणु फैलन सक्ने भन्दै कृषकलाई उच्च सतर्कता अपनाउन समेत भनिएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*