समसामयिक राजनीतिका बिषयमा छलफल गर्न सर्वदलीय बैठक बस्दै
प्रधानमन्त्री शेरबहादुर देउवाले आज बेलुका ४ बजेका लागि सर्वदलीय बैठक बोलाएका छन् ।
संसदमा जारी अवरोध लगायत समसामयिक राजनीतिक विषयमा छलफल गरि समान धारणा बनाएर अगाडी बढ्न बैठक बोलाईएको श्रोतले बताएको छ ।
नेकपा एमालेले गर्दै आएको अवरोधका कारण दुवै सदनका काम कारबाही प्रभावित भएको भन्दै छलफलका लागि संसदमा सहभागी सबै दलका शिर्ष नेताहरूलाई बोलाईको हो ।
बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली भने उपस्थित नहुने संकेत दिएका छन् ।