नेपाली काँग्रेसको महाधिवेशन हुने निश्चित भएको छ ।
बिहीबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रिय निर्वाचन समितिले महाधिवेशनको नयाँ मिति तोके संगै महाधिवेशन हुने निश्चित भएको हो ।
बैठकले आउँदो मंसिर २४,२५ र २६ गते काठमाडौंमा गर्ने गरि महाधिवेशनको मिति तोकेको हो ।
यस अघि मंसिर ९ देखि १३ गते सम्म महाधिवेशन गर्ने मिति लाई परिवर्तन गरि नयाँ मिति तय गरिएको काँग्रेसले जनाएको छ ।
साथै बैठकले वडा अधिवेशन गर्न वाँकी रहको १३ जिल्लाको वडा अधिवेशनको मिति पनि तोकेको छ । बाँकि रहको वडाहरुको अधिवेशन यहि कार्तिक २७ गते देखि सुरु हुने पनि बैठकले बिज्ञप्ती मार्फत जाकारी गराएको छ ।
न्यूज समय
१२ कार्तिक, २०७८, शुक्रबार ००:००