सरकारले पूर्णता पाउन दल विभाजनसम्बन्धी अध्यादेश खारेज हुनु पर्ने अध्यक्ष यादव

न्यूज समय

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले दल विभाजनसम्बन्धी अध्यादेश खारेज गरेपछि मात्रै सरकारले पूर्णता पाउने बताएका छन् ।
संघिय संसद भवन नयाँ वानेश्वरमा मंगलबार पत्रकारहरु संग कुरा गर्दै अध्यक्ष यादवले अध्यादेशले दलहरुलाई अस्थिर बनाउने, विभाजन गर्ने तथा विकृति फैलाउन भएकोले यसको खारेजि हुनुपर्ने बताएका हुन ।
दल विभाजनसम्बन्धी अध्यादेश खारेज भए लगतै मन्त्रिपरिषद्को विस्तार हुने समेत यादवको भनाई थियो ।
सरकार विस्तारका लागि अध्यादेश खारेज भए लगतै मन्त्रालय बाँडफाँडको काम टुङ्ग्याउने र सरकारले पूर्णता पाउने उनको तर्क थियो ।