सशस्त्रले विभिन्न पदमा नयाँ भर्ना आव्हान गर्यो

न्यूज समय

सशस्त्रले विभिन्न पदमा नयाँ भर्ना आव्हान गर्यो
सशस्त्र प्रहरी बल नेपालले प्रहरी निरीक्षक देखि परिचर सम्म विभिन्न पदमा नयाँ भर्ना आव्हान गरेको छ ।
शुक्रबार प्रकाशन गरेको सूचना अनुसार सशस्त्र प्रहरी निरिक्षकमा ७५जना, सहायक निरीक्षकमा १३७, जवानमा ७ सय ५५ र परिचरमा १ सय २८ जना गरी १ हजार ९५ जनाको नयाँ भर्ना आव्हान गरिएको छ ।
आदिवासी जनजाति, महिला, मधेसी, पिछडिएको क्षेत्र, दलित गरी बिभिन्न कोटा निर्धारण गरेर भर्ना आव्हान गरिएको सूचनामा उल्लेख छ ।
सातै प्रदेशका विभिन्न कार्यालयहरुबाट आवेदन दिन सकिने गरी आवेदन आव्हान गरिएको छ ।