शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।
तनहुँकी रुपा सुनारले आइतबार जातीय भेदभाव तथा छुवाछुत कसुर आरोपमा कारबाहीको माग गर्दै शिक्षामन्त्री श्रेष्ठविरुद्ध सर्वेच्चमा रिट दर्ता गराएकी हुन् ।
थरको कारण देखाउँदै सुनारलाई कोठा नदिएको भन्दै उजुरीको आधारमा बबरमहलकी घरबेटी सरस्वती प्रधानलाई प्रहरीले पक्रउ गरेको थियो ।
पक्राउ परेकी प्रधानलाई शिक्षामन्त्री श्रेष्ठले महानगरीय प्रहरी वृत्त सिंहदरबार पुगि झन्डावाला गाडीमा हालेर घरसम्म पुर्याएको आरोप आरोप छ ।
सुनारले दर्ता गराएको रिटमा शिक्षामन्त्री श्रेष्ठसहित जिल्ला सरकारी वकिलको कार्यालय बबहरमहल, महानगरीय प्रहरी वृत सिंहदरबार र सरस्वती प्रधानलाई विपक्षी बनाइएको छ ।
न्यूज समय
२० असार, २०७८, आईतबार ००:००