प्रधानमन्त्री केपी शर्मा ओलीले देश भरी कोभिड विरुद्ध भ्याक्सिनको अभियान नै चलाउने बताएका छन् ।
त्रिशुली ३ बीको प्रसारण लाइन र सबस्टेसनको आज भर्चुअल उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले समूह तोकेर प्रभावित क्षेत्रमा खोप अभियान चलाइने बताएका हुन् ।
एकै पटक खोप लगाउन नसकिने भएकाले समुह तोकेर पटक पटक गरि सम्पुर्ण जनसंख्यालाई छोटो अवधिमै खोप उपलव्ध गराईने बताए ।
अहिले सरकारले भ्याक्सिनका लागि विभिन्न मित्र राष्ट्रहरूसँग कुराकानी र संवाद अघि बढाइएको भन्दै ओलीले खोपको बिषयमा सरकार गंभिर भएर लागेको बताए ।
लगातारको अविरल बर्षाका कारण देशभरि धनजानको क्षति भएको भन्दै प्रधानमन्त्री ओलीले राहत र उद्धारमा सरकारले ध्यान दिइरहेको समेत बताए ।
न्यूज समय
१९ असार, २०७८, शनिबार ००:००