रुपन्देहीको देवदहमा आज दिउँसो सडक भासिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ ।
त्यहाँ स्थीत गणेशनगर फायरलाइन चोक नजिकै चरंगे खोलामा आएको बाढीले खोलामा बनाइएको डाइभर्सन भासिँदा राजमार्ग अवरुद्ध भएको हो ।
दिउँसो झण्डै १२ बजे देखि राजमार्ग अवरुद्ध भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
राजमार्ग अवरुद्ध भएपछि गन्तव्यमा हिडेका सवारी साधन सडकको दुबैतर्फ रोकिएका छन् ।
निरन्तर बर्षा भइरहेका कारण आज बाटो खोल्ने संभावना कम रहेको प्रहरीको भनाई छ ।
यता लगातारको वर्षाका कारण नारायणी नदीमा बाढी खतराको तह सम्म पुगेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार नारायणी नदीमा पानीको सतह ७.३ भन्दा माथि नाघेको छ ।
बाढिको तह ८ मिटरभन्दा माथि पुगेपछि खतराको तह सम्म पुगेको मानिने विभागको भनाई छ ।
निरन्तर बर्षा भइरहेका कारण बाढीको तह अझ बढ्न सक्ने भन्दै प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको छ ।
अझै बर्षा भइरहे आसपासका क्षेत्रलाई नोक्सान पुरयाउने भएकाले सर्तकता अपनाई बस्न प्रशासनले आग्रह गरेको हो ।
न्यूज समय
१ असार, २०७८, मंगलबार ००:००