प्रशासनले लकडाउनलाई केहि खुकुलो बनाएपछि उपत्यकामा सवारी चाप बढ्न थालेको छ ।
आज आषाढ १ गते देखि अत्यावश्यक सहित केहि स्टेशनरी, हार्डवयर जस्ता पसलहरुलाई मापदण्ड अपनाई खोल्ने निर्णय गरेपछि उपत्यकामा सवारी चाप बढ्न थालेको हो ।
उपत्यकाको तीनवटै प्रशासन कार्यालयले दैनिक उपभोग्य वस्तुको ढुवानी, होम डेलिभरी लगायतको समय सीमा बढाएपछि सर्वसाधारण र सवारी साधनको चहलपहल बढेको हो ।
बिशेष गरी सवारी चाप बढि हुने स्थानहरु कोटेश्वर, नयाँबानेश्वर, थापाथली, जडिबुटी, न्युरोड, चावहील नयाँबसपार्क कलंकी क्षेत्रमा सवारी चाप बढेको देखिएको छ ।
प्रशासनले सुरक्षा मापदण्ड अपनाएर बजार तथा अत्याबश्यक बस्तुको किनबेच एवं होमडेलिभरीको व्यवस्था गर्न पाईने गरी पुनः एक हप्ता लकडाउन थपेकोको छ ।
न्यूज समय
१ असार, २०७८, मंगलबार ००:००