यस वर्षको मौषम परिवर्तन संगै नेपालम बाढी तथा पहिरोको जोखिम हुने सम्भावना उच्च रहेको देखिएको छ ।
जल तथा मौसम विज्ञान विभागले बिज्ञप्ती जारी गर्दै मनसुन सक्रियतासँगै ठूला तथा मझौला नदीहरुमा जल प्रवाह उल्लेख्य बढ्ने जनाएको छ ।
विभागले साना नदीनाला तथा खहरे खोलाहरुमा आकस्मिक बहाव हुने तथा तराई र चुरे क्षेत्रहरुमा डुबान समेत हुनसक्ने अत्यधिक सम्भावना रहेको उल्लेख गरेको छ ।
विगतका बर्ष भन्दा यस बर्षको मौषम परिवर्तनले बाढी पहिरोले बढी जोखिम निम्त्याउन सक्ने भदै सतर्कता आपनाउन समेत विभागले सवैमा आग्रह गरेको छ ।
नागरिकलाई सचेत गराउन मौसम पूर्वानुमान महाशाखाले मौसमको अवस्था र बाढी पूर्वानुमान महाशाखाले अवस्थालाई निरन्तर अनुगमन गरी बुलेटिन तथा वेबसाइट र सामाजिक सञ्जालमार्फत सूचनाहरु सम्प्रेषण गर्दै आएको जनाएको छ ।
विभागले मौसम तथा बाढीको थप सूचना तथा जानकारीका लिन २४ सै घण्टा सञ्चालन रहने टेलिफोन नं ४११३१९१ (मौसम) र टोल फ्रि नं ११५५ (बाढी) मा सम्पर्क गर्न सकिने जनाएको छ ।
बाढीबाट डुबान हुन सक्ने स्थानमा मोबाइल एसएमएसको माध्यमबाट समेत सूचना सम्प्रेषण गर्दै आएको समेत विभागको भनाई छ ।
न्यूज समय
३० जेष्ठ, २०७८, आईतबार ००:००