काठमाडौँ । प्रतिनिधिसभा विघटन गरेको विरोधमा आदिवासी जनजाति महासंघले काठमाडौंमा बिरोध प्रदर्शन गरेको छ ।
नेकपाको दहाल–नेपाल समुह निकट महासंघले ओली सरकारको असंवैधानिक र प्रतिगामी कदमको विरुद्ध आफुहरुले बिरोध प्रदर्शन गर्नु परेको जनाएको छ ।
प्रदर्शनमा अखिल नेपाल महिला संघ, मधेसी राष्ट्रिय मुक्तिमोर्चा नेपाल, नेपाल लोकतान्त्रिक मधेसी संगठन, थारू राष्ट्रिय मुक्तिमोर्चा नेपाल, नेपाल लोकतान्त्रिक थारु संघ र मुस्लिम संगठन नेपाल लगाएतका संगठनहरुको सहभागिता रहेको थियो ।
शान्ति बाटिकाबाट सुरु गरेका प्रदर्शनकारीहरुले भोटाहिटी, असन, इन्द्रचोक हुँदै बसन्तपुर पुगेर कोण गरेका थिए । कोण सभालाई महासंघका बिभिन्न पदाधिकारीले सम्बोधन गरे ।
न्यूज समय
११ फाल्गुन, २०७७, मंगलबार ००:००