राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध अभिव्यक्ति दिएको आरोप लागेकी नेकपाको प्रचण्ड-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले सोधपुछका लागि बोलाएको छ ।
महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले झाँक्रीलाई सोधपुछका लागि बोलाइएको जानकारी दिए ।
झाँक्रीले गोरखाको एक कार्यक्रममा राष्ट्रपति भण्डारीप्रति व्यक्तिगत आरोप लगाएको भन्दै विरोध भएको थियो ।
बुधबार पार्टीको विरोधसभाका पनि उनले राष्ट्रपति प्रधानमन्त्रीको असिस्टेन्टको रुपमा प्रस्तुत भएको भन्दै विरोध गरेकी थिइन् । उनले प्रजातन्त्रको हत्या गर्ने प्यादा र खलपात्रको विरोध गर्न पाइने बताएकी थिइन् ।
न्यूज समय
२९ माघ, २०७७, बिहीबार ००:००