नेकपा ओली समुहका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली आज धनगढी जाँदैछन् । ओली समूहको नेकपा सुदूरपश्चिम प्रदेशले धनगढीमा राखेको सभालाई सम्बोधन गर्न ओली धनगढी जान लागेका हुन् । नेकपाको ओली समूहले आज धनगढीमा सभा गर्दैछ ।
पार्टी विभाजन पछि पहिलो पटक ओली राजधानी बाहिर जान लागेका हुन् । धनगढीमा हुने सभालाई ओली पक्षले शक्ती प्रदर्शनका रुपमा लिएको छ । सभा सफल पार्न संघीय सरकारका चार जना मन्त्रीहरु केही दिन अघि देखि नै धनगढीमा खटिएका छन् ।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरी, वन तथा वातावरणमन्त्री प्रेम आले र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्ना जनसभाको तयारीका लागि खटिएका हुन् ।
प्रधानमन्त्री सहभागी हुने कार्यक्रमको सुरक्षाका लागि धनगढीमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
न्यूज समय
२४ पुस, २०७७, शुक्रबार ००:००