संसद विघटनविरुद्ध परेका रिटका बारेमा आज बुधबार संवैधानिक इजलाशमा वहस भइरहेको छ ।
गैरसंवैधानिक ढंगले संसदको विघटन भएको भन्दै विभन्न अधिवक्ताहरुले बेग्ला बेग्लै हालेको रिट उपर वहस भएको हो ।
संवैधानिक इजलासमा प्रधानन्यायाधिश चोलेन्द्रशमशेर जबरा, न्यायाधिशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको इजलासमा वहस भइरहेको छ ।
अहिले अधिवक्ता रमण श्रेष्ठले वहस गरिरहेका छन् । उनले संसद विघटनविरुद्ध यसअघि सर्वाेच्चले गरेको निर्णयलाई नजिरका रुपमा पेस गरेका छन् ।
यसअघि प्रधानमन्त्री मनमोहन अधिकारीले गरेको संसद विघटनलाई सर्वाेच्चले उल्ट्याइदिएको थियो ।
न्यूज समय
२२ पुस, २०७७, बुधबार ००:००