बैशाखमा कुनै हालतमा चुनाव हुनै सक्दैन् : महामन्त्री कोइराला

न्यूज समय

नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले केपी ओली सरकारले संसद विघटन गरी मुलुकलाई अनिर्णयको वन्दी बनाउन खोजेको बताएका छन् । राष्ट्रिय मेलमिलाप दिवसको कार्यक्रममा सहभागि हुन कपिलबस्तु पुगेका महामन्त्री कोइरालाले बैशाखमा कुनै हालतमा चुनाव हुन नसक्ने दावी गरे ।

उनले भने–‘बैशाखमा चुनाव हुने कुनै गुन्जायस छैन् । संसद विघटन गरेर मुलुकमा अस्थीरता तर्फ धकेल्न प्रधानमन्त्री केपी ओली लाग्नुभयो ।’ नेपाल प्रेस यूनियन कपिलवस्तुले आयोजना गरेको पत्रकार सम्मेलनमा महामन्त्री कोइरालाले संसद विघटनको विरुद्ध वर्तमान संविधानको रक्षाका लागि कांग्रेसको आन्दोलन अघि बढेको बताए ।

पत्रकार सम्मेलनमा सहभागी नेपाली कांग्रेसका केन्द्रिय सदस्यहरु डा. मिनेन्द्र रिजाल, गुरु राज घिमिरे, अतहर कमाल र दिपक गिरीले विपीको मिलमिलापको निति अनुरुप नेपाली कांग्रेस भित्रको मेलमिलापलाई बलियो बनाउंदै मुलुक अन्त प्रजातन्त्रवादी शक्तिहरुसंग मिलेर प्रतिगमनका विरुद्ध अघि बढ्ने बताए ।