पूर्व माओवादी नेता रायमाझी र थापा ओली पक्षको बैठकमा
नेकपा विभाजनको अन्तिम तयारी भइरहेका बेला पूर्व माओवादी समूहका तीन स्थायी कमिटी सदस्य केपी ओली पक्षमा खुलेका छन् । बालुवाटारमा केन्द्रीय कमिटी बैठक शुरु हुन लागेको छ ।
बैठकमा सहभागी हुन पूर्व माओवादी पक्षका नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापा बालुवाटार पुगेका छन् ।
लेखराज पछिल्लो समय ओलीसँगै रहे पनि रायमाझी र मणि थापा दुवै पक्षका बैठकमा सहभागी थिएनन् ।