जनता समाजवादी पार्टी जसपाको केन्द्रीय कार्यकारिणी बैठक पनि आज बस्दैछ। प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदमविरुद्ध थप संघर्षका कार्यक्रम तय गर्न आज दिउँसो १२ बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारी ललितपुरमा बैठक बस्न लागेको हो।
प्रतिनिधिसभा विघटन गर्ने मन्त्रिपरिषद्को सिफारिस र राष्ट्रपतिको स्वीकृतिविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने कार्यक्रम जसपाले तय गरिसकेको छ।
हिजो बसेको आकस्मिक बैठकले भोलि देशव्यापी रुपमा र्यालीसहित विरोध प्रदर्शन कार्यक्रम गर्ने निर्णय गरेको छ। आज दिउँसो बस्ने बैठकबाट थप संघर्ष कार्यक्रम तय गरिने जसपा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
न्यूज समय
७ पुस, २०७७, मंगलबार ००:००