१६ चैत्र २०८०, शुक्रबार  |  29 March 2024,Friday
Ad

नेपालमा संचालित बिदेशी च्यानल बिज्ञापन रहित हुदैं

काठमाडौं । संसदको विकास तथा प्रविधि समितिले विदेशी टेलिभिजन च्यानलहरुलाई विज्ञापन रहित (क्लिन फिड) बनाउन सरकारलाई निर्देशन दिएको छ ।
आउँदो कात्तिक ७ गते सम्म डाउनलिंक अनुमति लिएर नेपालमा प्रशारण गरिरहेका टेलिभिजन च्यानलहरुलाई विज्ञापनरहित बनाउन समितिले सरकारलाई कडा निर्देशन दिएको हो ।
यहि आउँदो कात्तिक ८ गतेदेखि नेपालमा सुरु हुँदै गरेको विज्ञापन ऐन २०७६ कार्यान्वयनको पूर्व सन्ध्यामा सोमबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव लगायतका पदाधिकारी सँगको छलफलमा समितिले यस्तो निर्देशन दिएको हो ।
समितिले नेपालबाट विदेशी टेलिभिजन च्यानलमा विज्ञापन प्रशारण गर्ने नीति (फिड इन) नलिन पनि सञ्चार मन्त्रालयलाई निर्देशन दिएको छ ।
लामो समयको बहस र छलफल पछि नेपालमा ल्याईएको विज्ञापन रहित (क्लिन फिड) ऐन २०७६ कार्यान्वयन पछि नेपाली बिज्ञापन क्षेत्र बृद्धि र बिस्तार हुने अपेक्षा समेत गरिएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*