काठमाडौं । शुक्रबार बिहान देखि फेरी देश भरको मौषम बिग्रिएको छ । जाडो हटेर गर्मि सुरुहुने यस समयम पटक पटक मौषम बिग्रि रहेकाकारण अझै जाडो महशुस भैरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज केही स्थानमा चट्याङ, हावाहुरी तथा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ ।
पहाडी केही स्थानमा हिमपात हुने सम्भावना रहेको समेत मौषम पूर्वानुमान महाशाखाले जनाएको छ ।
नेपालमा पश्चिमी वायुको प्रभाव परेकाकारण पश्चिमी र मध्य क्षेत्रमा सामान्य बदली र बाँकी क्षेत्रमा आंशिक बदली भएको छ ।
काठमाडौ लगाएत देशका अधिकाँस क्षेत्रमा बिहानै देखि घाम लागेको छैन् । यस बर्ष पटक पटक मौषममा परिवर्तन आईरहेका कारण काठमाडौ लगाएत अधिकाँस क्षेत्रमा अझै जाडो हटेको छैन् ।
न्यूज समय
३० फाल्गुन, २०७६, शुक्रबार ००:००