१६ चैत्र २०८०, शुक्रबार  |  29 March 2024,Friday
Ad

८ केजी सुनसहित चिनियाँ नागरिक पक्राउ

काठमाडौं । लुकाई छिपाई अवैध सुन नेपाल ल्याउँदै गरेका तस्कर त्रिभुबन बिमानस्थलमा फेरी पक्राउ परेका छन् ।
प्रहरीले ८ केजी सुनसहित दुई जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।
बिहीबार राति भण्डै ११ बजे को समयमा उनिहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा हङकङबाट नेपाल आउँदै गरेका चिनियाँ नागरिक चेन छिन्जुवङ र अर्का एक जनाको नाम खुलेको छैन् ।
पक्राउ परेका दुवै जनालाई महानगरीय प्रहरी वृत्त गौशालामा राखेर थप अनुसन्धान भइरहेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता विश्वराज पोखरेलले बताए ।
नेपाल प्रबेष गर्ने हवाई तथा स्थलगत नाका खुकुलो सम्झदै अवैध सुन तस्करीलाई प्रहरीले भटाभट पक्राउ गरेको छ ।
प्रहरीकै सेटिङमा सुन तस्कर हुनेगरेको भन्दै प्रहरीको आलोचना बढे यता त्रिभुन अन्तराष्ट्रिय बिमान स्थललाई प्रहरीले अहिले उच्च निगरानिमा राखेको छ । प्रहरीको यो निगरानि पछि सुन तस्करीमा कमि समेत आएको प्रहरीको दावि छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*