१६ चैत्र २०८०, शुक्रबार  |  29 March 2024,Friday
Ad

अध्यादेश फिर्ता नगरि बोलाए प्रधानमन्त्रीले संवैधानिक परिषदको बैठक, देउवा नजाने, के गर्लान सभामुखले ?


प्रधानमन्त्री केपी ओलीले अध्यादेश फिर्ता लिने सहमति गरेकै भोलिपल्ट संवैधानिक परिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले बुधबार मात्र सत्तारुढ नेकपाको बैठकमा अध्यादेश फिर्ता लिने सहमति गरेका थिए । तर बिहीबारसम्म अध्यादेश फिर्ताको सूचना राष्ट्रपति कार्यालयबाट आएको छैन ।

प्रधानमन्त्री ओलीले बिहीबार नै संवैधानिक बैठक बोलाएका छन् । विपक्षी दलका नेता एंव कांग्रेस सभपाति शेरबहादुर देउवालाई साँझ ५ बजे बैठकका लागि बोलाइएको छ । संवैधानिक परिषदको बैठक किन बोलाइएको भन्ने खुलेको छैन । यसअघि जस्तो औपचारिक पत्र पठाउनुको साटो टेलिफोनबाटै बैठकबाट देउवालाई सुचना दिइएको छ । संवैधानिक परिषदको बैठक बोलाउनका लागि ४८ घण्टा अगाडि बैठकका एजेण्डा सहित सदस्यहरुलाई बैठकको जानकारी गराउनुपर्छ ।

तर परिषदका अध्यक्ष प्रधानमन्त्री ओलीले टेलिफोनबाट सुचना दिएको भन्दै कांग्रेस सभापति देउवा भने नजाने भएका छ । प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषदमा सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायाधीश, विपक्षी दलका नेता र उपसभामुख सदस्य रहन्छन् । परिषदले विभिन्न संवैधानिक अंगका पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्ने गर्छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*