२ जेष्ठ २०८१, बुधबार  |  15 May 2024,Wednesday
Ad

समाजवादी मोर्चाको आज हेटौंडामा सभा

चार पार्टी सम्मिलित समाजवादी मोर्चाले आज हेटौडामा सभा गर्ने भएको छ । मोर्चाबारे बागमती प्रदेशस्तरीय सन्देश दिन प्रदेश राजधानी हेटौंडामा कार्यक्रम गर्न लागेको हो ।

मध्यान्ह हेटौडामा आयोजना गरिएको सभालाई मोर्चामा आबद्ध चार पार्टी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र नेकपाका महासचिव नेत्रविक्रम चन्दले सम्बोधन गर्ने कार्यक्रम छ ।

सोही कार्यक्रममा समाजवादी मोर्चा बागमती प्रदेश कमिटी पनि घोषणा गरिने मोर्चा स्रोतले जनाएको छ । मोर्चाको भदौ ४ गतेको बैठकले गठनको उद्देश्य र लक्ष्यबारे जानकारी दिन सातै प्रदेशबाट सन्देश प्रवाह गर्ने निर्णय गरेको थियो ।

यसअघि मधेश प्रदेशको वीरगञ्जमा, लुम्बिनी प्रदेशको बुटवलमा, कर्णाली प्रदेशको सुर्खेत र गण्डकी प्रदेशको पोखरामा यस्ता सभा गरिसकेको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*