५ जेष्ठ २०८१, शनिबार  |  18 May 2024,Saturday
Ad

वीर अस्पतालबाट भागेका थुनुवा पक्राउ


काठमाडौं । केन्द्रीय कारागारमा थुनामा रहेर उपचारको क्रममा भागेका थुनुवालाई प्रहरीले पक्राउ गरेको छ । २०७८ चैत २९ मा उपचारको क्रममा वीर अस्पतालबाट भागेका ४५ वर्षीय राजेश तिरुवालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए ।


सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–३ घर भएका तिरुवा बलात्कार मुद्दामा केन्द्रिय कारागारमा थुनामा थिए । ‘प्यारालाइसिस’ भएको बताएपछि कारागार प्रशासनले उनलाई उपचारका लागी वीर अस्पतालमा भर्ना गरेको थियो । सुरक्षामा खटिएका ४ जना प्रहरीको आँखा छलेर उनि अस्पतालबाट भागेका थिए ।


सोमबार बुढानिलकण्ठ नगरपालिका–१२ स्थित कपनबाट उनलाई पक्राउ गरिएको एसपी मैनालीले बताए । प्रहरीले उनलाई केन्द्रिय कारागारमा थुनामा पठाएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*