३ जेष्ठ २०८१, बिहीबार  |  16 May 2024,Thursday
Ad

विश्वकप क्रिकेट विजेतासँग नेपाल खेल्दै

क्रिकेट टिम नेपालले इतिहासमै पहिलो पटक विश्वकप क्रिकेट विजेता वेस्ट इन्डिजसँग आज दिउँसो खेल्दै छ । एकताकाको क्रिकेटमा विश्व हल्लाएको वेस्ट इन्डिजसँग नेपालको प्रतिस्पर्धा दिउँसो पौने एक बजेबाट सुरु हुनेछ ।

आईसीसी विश्वकप छनोट २०२३ अन्तर्गन नेपालले आज तेस्रो खेल खेल्न लागेको हो । यसअघि टेस्ट मान्यता राष्टि जिम्बाबे र एसोसिएट राष्ट्र अमेरिकासित प्रतिस्पर्धा गरिसकेको छ । सो खेलमा अमेरिकालाई सहज पराजित गरेको थियो भने जिम्बाबेसित हार व्यहोर्नु पर्यो ।

ओडीआई वरियतामा वेस्टइन्डिज १० औँ स्थानमा छ भने नेपाल १४ औँ स्थानमा छ । यदि आजको प्रतिस्पर्धामा नेपालले जित निकाले आफ्नो समूहबाट सुपरसिक्समा स्वत जाने छ । पराजित अवस्थामा भने अर्को खेल कुर्नुपर्ने छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*