४ जेष्ठ २०८१, शुक्रबार  |  17 May 2024,Friday
Ad

मलामी बोकेको बस दुर्घटनाका मृतक ५ जनाको सनाखत भयो

पाल्पामा मलामी बोकेको बस दुर्घटनामा परि मृत्यु हुने मध्य ५ जनाको सनाखत भएको छ ।
मृतक ७ मध्य दुई जनाको अझै सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।
सनाखत हुनेहरुमा बुटवल उप–महानगरपालिका ४० वर्षीय खुमबहादुर राना, १७ का ३० वर्षीय पशुपति रसाइली, वडा नं ११, का ३२ वर्षीय विजय थापा क्षेत्री, अर्घाखाँची मालारानी २ का २८ वर्षीय भोजेन्द्र विक, २५ वर्षीय शंकर विक रहेको प्रहरीले पुष्टि गरेको छ ।
लु १ ख ७२७९ नम्बरको बस तिव्र गति र सितले चिप्लिएर आइतबार बिहान साढे १० बजे दुर्घटना भएको थियो ।
रुपन्देहीको बुटवल देवीनगर डिङगरनगर देखि शव दाहसंस्कारका लागि कालीगण्डकी नदी रुरुक्षेत्रको रिडीघाट हिँडेको बस पाल्पा–रिडी सडक खण्डको ओरालोमा दुर्घटनामा परेको थियो ।
दुर्घटमा परेका १५ घाइतेमध्ये ९ जनाको लुम्बिनी मेडिकल कलेज प्रभासमा र ६ जनाको मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ३५ जना मलामी अर्घाखाँचीको मालारानी गाउँपालिका २, मरेङ कुभिण्डेका वीरबहादुर टमाटाको शव दाहसंस्कारका लागि रिडी जाँदै थियो ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*