२ जेष्ठ २०८१, बुधबार  |  15 May 2024,Wednesday
Ad

प्रेस युनियन लुम्बिनीको नेतृत्व सुदीप गौतम

प्रेस युनियन लुम्बिनी प्रदेश भेलाले दश बुँदे स्वर्गद्वारी घोषणापत्र जारी गरेको छ । युनियनको लुम्बिनी प्रदेश महासचिव नवीन गिरीद्वारा हस्ताक्षरित विज्ञप्तिमा लुम्बिनी सञ्चार समन्वय परिषद त्रुटिरहित तथा समावेशी ढंगले पुनः गठन र रजिष्ट्रारको नियुक्त गरेर मिडियासम्बन्धी सबै काम त्यसैमार्फत गर्ने व्यवस्था गर्न माग गरेको छ । त्यस्तै प्रदेश सञ्चार ऐन अपूर्ण र त्रुटिपूर्ण भएकाले त्यसको संशोधन गर्न पनि भनिएको छ ।

जारी घोषणापत्रमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा, पूर्ण प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र स्वतन्त्र, निष्पक्ष पत्रकारितालाई आत्मसात गरी समुन्नत समाज निर्माणम पत्रकारिताको भूमिका बदलिँदै गरेको अवस्थामा समयानुकूल व्यवसायिक पत्रकारितालाई प्रवर्द्धन गर्नुपर्ने ठहर पनि गरेको छ ।

अधिवेशनले सुदीप गौतमको नेतृत्वमा नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश शाखा गठन गरेको छ । दाङको भालुवाङमा सम्पन्न अधिवेशनले प्रदेश समिति उपाध्यक्ष जयसिंह केसी, शारदा मल्ल, पहलमान घर्तीलाई चयन गरेको छ ।

युनियनको महासचिवमा नवीन गिरी, सचिवहरुमा सूर्य भुसाल, कल्पना डुम्रे, शमशेरविक्रम जिसी र कोषाध्यक्षमा सीपी खनाल छानिएका छन् ।

त्यस्तै प्रदेश समितिका सदस्यहरुमा प्रकाश रेग्मी, वसन्त बन्जाडे, तेजेन्द्र केसी ,सुदीप भण्डारी, गौरव गिरी, विष्णु आचार्य, पारस भण्डारी, दीलीप खड्का, प्रमोद आचार्य, रवीन शर्मा चापागाईँ, कृष्ण थापा, सुमन श्रेष्ठ, यमकला भुसाल, सीमा भट्टराई, ओमा कँडेल, पूजा पन्थी, दुखहरण यादव, रवीन्द्र यादव, सुरेश परियार चयन भएका छन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*