२ जेष्ठ २०८१, बुधबार  |  15 May 2024,Wednesday
Ad

पाल्पाका राधाकृष्ण कँडेल लुम्बिनी एमालेमा बाजी मारे

दुईपक्षीय समुह बनाएर सम्पन्न एमाले जुम्बिनी प्रदेश अधिवेशनमा पाल्पाका राधाकृष्ण कँडेल विजयी भएका छन् । एमाले लुम्बिनी प्रदेश कमिटीको यो पहिलो अधिवेशन हो ।

सहमतिका लागि अन्तिमसम्म प्रयास भए पनि नमिलेपछि मङ्गलवार नेतृत्वका लागि भएको निर्वाचनको बुधवार बिहानमात्र मतगणना परिणाम आएको थियो । जसमा अध्यक्षका अर्का प्रत्यासी प्युठानका हरि रिजाल मात्र २ मतले पराजित भए ।

मतगणनाको सुरुवातदेखि अग्रता लिएका रिजाल अन्तिम अवस्थामा पुगेर झिनो मतान्तरले हारेका हुन् । जसमा विजयी कँडेलले ४७९ मत प्राप्त गर्दा रिजालले ४७७ प्राप्त गरे । उनीहरु अघोषित रुपमा पार्टी उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल प्यानलका भन्दै चर्चा गरिएको थियो ।

यस्तै गरी उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ ४५५ मत ल्याएर विजयी भएका छन् । दुई उपसचिवको खुलामा पूर्ण बुढामगर ४१८ मत ल्याएर निर्वाचित भए । महिला उपसचिवमा लीला रानामगर ३५२ मत साथ विजयी भएकी छन् । प्रदेश कमिटी सचिवमा भने लक्ष्मण आचार्य निर्विरोध चयन भइसकेका छन् ।

यस्तै लेखा समिति अध्यक्षमा दामोदर घिमिरे विजयी भएका छन् । मङ्गलवार भएको मतदानमा सहभागी कुल १ हजार ५ जना प्रतिनिधि मतदाता रहेकोमा ९६५ मत खसेको थियो ।

विजयी उम्मेदवारहरुलाई बुधवार शपथग्रहण गराइने कार्यक्रम राखिएको निर्वाचन मण्डलका सचिव तथा पार्टी पोलिटब्युरो सदस्य सूर्य थापाले जानकारी दिए । पदाधिकारीमा निर्वाचित उपसचिव पूर्णबहादुर बूढाबाहेक सबै कँडेल समूहका हुन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*