२ जेष्ठ २०८१, बुधबार  |  15 May 2024,Wednesday
Ad

दिक्तेल रुपाकोट मझुवागढीका नगरप्रमुख भट्टराईद्धारा सम्पत्ती विवरण सार्वजनिक

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले आफ्नो सम्पत्ती विवरण सार्वजनिक गरेका छन् । नगरप्रमुखमा निर्वाचित भट्टराईले आइतबार पत्रकार सम्मेलन गर्दै आफ्नो सम्पत्ती विवरण सार्वजनिक गरेका हुन् । नगरप्रमुख भट्टराईले केही ठाउँमा जग्गा, घर, नगद तथा अफसेट प्रेस र थुक्पा उद्योगमा लगानी रहेको जानकारी दिएका छन् । जिल्लाका १० स्थानीय तहमध्ये सम्पत्ती विवरण सार्वजनिक गर्ने नगरप्रमुख भट्टराई पहिलो हुन् ।

नगरप्रमुख भट्टराईले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडामा १६ रोपनी २ आना ३ दाम पैतृक जग्गा रहेको, आमा पदमकुमारी भट्टराईको नाममा सगोलमा ३ रोपनी ४ दाम जग्गा रहेको, भक्तपुरमा श्रीमतीको नाममा ९ आना २ पैसा जग्गा रहेको, उदयपुरको रामपुरमा साँढे २ कट्ठा जग्गा श्रीमतीको नाममा रहेको, दिक्तेलमा साँढे ६ आना जग्गामा ८ कोठे २ तले काठको घर रहेको जानकारी दिएका छन् ।

यस्तै, श्रीमतीसँग सुनको गहना ७ तोला, चाँदी १६ तोला, श्रमतीकै नाममा वाणिज्य बैंकमा नगद ८० हजार रहेको सार्वजनिक गरेका छन् । डिल्लीबजार काठ्माण्डौंमा साझेदारीमा २०६७ सालदेखि हलो हलेसी अफसेट प्रेस सञ्चालनमा रहेको र दिक्तेलमा साझेदारीमा थुक्पा उद्योग स्थापना गरेको नगरप्रमुख भट्टराईले जानकारी दिए । थुक्पा उद्योग स्थापना गर्नेक्रममा ग्लोवल आइएमई बैंकबाट ७ लाख ५० हजार ऋण लिइएको भट्टराईले सार्वजनिक गरेका छन् ।

सामान्य आर्थिक अवस्थाका नेता जनप्रतिनिधिका रुपमा निर्वाचित भएपछि रातारात करोडपति बन्ने गरेको उल्लेख गर्दै भट्टराईले आफ्नो पाँच वर्षे कार्यकालमा आर्थिक अवस्था तथा जीवनशैलीमा कुनै फेरबदल नआउने दावी गरे ।

‘नेपालमा राजनीति सामाजिक सेवा होइन कमाउने उद्योग बन्यो । निर्वाचित भएपछि नेता रातारात करोडपति बन्छ । न उसको कुनै उद्योग कलकारखाना छन् न व्यापार व्यवसाय नै । उ नागरिकभन्दा उपल्लो दर्जाको साहेव भएको घमण्ड गर्छ, विगतको हैसियत भुल्न पुग्छ,’ नगरप्रमुख भट्टराईले भने, ‘यो गतिशील, परिवर्तनशिल र जवाफदेही हुने समयमा आफैले परिवर्तन नगरे कसले गर्ने रु अव परिवर्तन नभए कहिले हुने रु यो सोच र दृढता लिएर सम्पत्ती विवरण सार्वजनिक गरेको हुँ । पाँच वर्ष साहव होईन सेवकका रुपमा काम गर्नेछु ।’

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*