४ जेष्ठ २०८१, शुक्रबार  |  17 May 2024,Friday
Ad

जिल्ला अदालत दाङले गोला प्रक्रियाबाट मुद्दाको सुनुवाइ सुरू गर्यो

पहिलो पटक जिल्ला अदालत दाङले गोला प्रक्रियाबाट मुद्दाको सुनुवाइ सुरू गरेको छ ।
मुद्दाहरूको बाँडफाँट तथा सुनुवाइ प्रक्रियामा पारदर्शिता कायम गर्न र अदालतबाट सम्पादन हुने न्यायिक कामकारबाही प्रति जनआस्था अभिवृद्धि गर्ने उद्देश्य सोमबार देखि गोलाप्रथा प्रक्रिया सुरु गरिएको अदालतको भनाई छ ।
अपारदर्शी थैलिमा राखिएका गोला रोजेर माननीय जिल्ला न्यायाधीश डिल्लीराम शर्मा अर्यालले मुद्धाको सुनुवाई प्रक्रिया थालनी गरेको अदालतका सूचना अधिकारी राजेन्द्र कुमार शर्माले जानकरी दिए ।
यस अघि कुन मुद्दा कुन न्यायाधीशको इजलासबाट सुनुवाइ हुने भन्ने कुराको सहज जानकारी मुद्दा दर्ता भई फाँटमा पुग्दाकै बखत मुद्दाका पक्षहरूलाई जानकारी रहने गरेकोमा अब त्यस्तो सम्भावना नरहेकोले यसमा चलखेल गर्न पाउने सम्भावना हटेकको समेत सूचना अधिकारी शर्माले बताए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*