२ जेष्ठ २०८१, बुधबार  |  15 May 2024,Wednesday
Ad

गृहकै योजनामा यादवमाथि आक्रमण भएको तरुण दलको आशंका

नेपाली कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि सांघातिक आक्रमण हुनुमा गृह मन्त्रालयको योजना रहेको तरुण दलले आशंका गरेको छ । आक्रमणविरुद्ध शुक्रबार दलले गरेको विरोध प्रदर्शनका क्रममा यस्तो शंका गरिएको हो ।

पूर्वमन्त्रीसमेत रहेका यादवमा दिनदहाडै भएको खुकुरी आक्रमणविरुद्ध तरुण दल आन्दोलित भएको छ । दलका नेता कार्यकर्ताले आज रत्नपार्कबाट विरोध र्‍याली निकालेको छ । र्‍यालीपछि आयोजित विरोध सभामा बोल्ने अधिकांश नेताले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेका छन् ।

दुई दिनअघि रिपोर्टस क्लबमा आयोजित साक्षात्कार कार्यक्रमबाट बाहिरिने क्रममा यादवमाथि कथित अभियान्ता श्यामबाबु सापकोटाले खुकुरी प्रहार गरेका थिए । यादवमाथिको आक्रमणमा कांग्रेस पार्टीले पनि विरोध जनाइरहेको छ ।

कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणविरुद्ध आयोजित प्रदर्शनपछि सम्वोधन गर्दै गुरुङ आफ्नै पार्टीसमेत सहभागी माओवादी नेतृत्वको सरकारमाथि खनिएका थिए ।

कांग्रेसको काँधमा बन्दुक राखेर माओवादीले अर्कै व्यवस्था ल्याउन खोजेको आशंका गर्दै गुरुङले यो सरकारलाई अब बोकेर हिँड्न नसक्ने बताए ।

विरोध सभामा बोल्दै नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले गृहमन्त्री श्रेष्ठलाई तुरुन्तै बर्खास्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहालसँग माग गरेका छन् । गृहमन्त्री नहटाउने भए आफैं हट्न उनले चेतावनी दिए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*