२ जेष्ठ २०८१, बुधबार  |  15 May 2024,Wednesday
Ad

कोशीको राजनीतिक किचलो : सर्वोच्चले भन्यो ठूलो पार्टीका नेतालाई ४८ भित्र नियुक्त गर

पटकपटक सत्ता आरोहरणमा भएको किचलोमा सर्वोच्च अदालतले फेरि संविधानको व्याख्या गरेको छ । साउन १६ गते कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक भन्दै पदमुक्तको फैसला बिहीबार सुनाएको छ ।

अदालतले परादेश जारी गर्दै प्रदेशसभाको सबभन्दा ठूलो दल नेकपा एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई ४८ घण्टाभित्र नयाँ मुख्यमन्त्री नियुक्त गर्न पनि भनेको छ ।

यसअघि पनि सर्वोच्चले नै सभामुखको हस्ताक्षरित गणपूरक संख्या असंवैधानिकै भन्दै थापालाई मुख्यमन्त्रीबाट पदच्यूत गराएको थियो । यसपटक भने सभाध्यक्षता गरेको जेष्ठ सांसद इस्राइल मन्सुरीले मतदानमा भाग लिएको भन्दै पुनः पदमुक्त गरेको हो ।

आज भएको आदेशको संक्षिप्त विवरण तयार पारेपछि न्यायाधीश सपना प्रधान मल्ल इजलास पुगेर बुँदागत रूपमा संक्षिप्त विवरण सुनाएकी थिइन् ।

सुनुवाइका क्रममा उनले कार्यकारिणी अधिकार निहित मन्त्रिपरिषद्लाई लामो समयसम्म तदर्थमा राखिराख्नु उचित नहुने भएकाले ४८ घन्टाभित्र कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको बताइन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*