४ जेष्ठ २०८१, शुक्रबार  |  17 May 2024,Friday
Ad

कोरोनाको जोखिमलाई मध्यनजर गर्दै सर्वोच्चद्वारा सेवाहरु कटौती

कोरोनाको कारण देखाउँदै सर्वोच्च अदालतले माघ १८ गते सम्मकालागि आफ्ना सेवाहरु कटौती गरेको छ ।
सर्वोच्चको मंगलबारको फूलकोर्ट बैठकले बुदधवार देखि लागु हुने गरि अतिआवश्यक बाहेका अन्य मुद्धा केहि समयकालागि नहेर्ने निर्णय गरेको हो ।
अदालतका अनुसार बन्दी प्रत्यक्षीकरण तथा कोभिड महामारीसँग सम्बन्धित, अत्यन्त जरूरी प्रकृतिका जीवन र जनस्वास्थ्य तथा सार्वजनिक महत्व, मौलिक हकसँग सम्बन्धित रिट निवेदनहरूको भने नियमितरुपमा सुनुवाइ गर्ने निर्णय गरेको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले बताए ।
त्यस्तै बैठकले उच्च र जिल्ला अदालतको हकमा भने जोखिमलाई मध्यनजर गर्दै परिस्थीति अनुसर निर्णय लिन सकिने समेत निर्णय गरेको सर्वोच्चद्वारा जारी बिज्ञप्तीमा उल्लेख छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*