५ जेष्ठ २०८१, शनिबार  |  18 May 2024,Saturday
Ad

कैलालीको समन्वय समितिका सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी, धनगढीका मेयर हमालको मत पनि गठबन्धनलाई


जिल्ला समन्वय समिति कैलालीमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । नेपाली कांग्रेसका पदमबहादुर कलेल १३ मत पाउँदा नागरिक उन्मुक्तिका इन्द्र चौधरीले १२ मत ल्याए । उपप्रमुखमा माओवादीका खगराज भुसालले १३ मत ल्याएर जित हात पारे । एमालेका राजेन्द्र खनालले १२ मत ल्याए ।

कैलाली जिससमा कांग्रेस–माओवादी–एकिकृत समाजवादीले तालमेल गरेका थिए । नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीबीच तालमेल भएको थियो । सत्ता गठबन्धनका १२ र एमाले, नागरिक उन्मुक्तिको पनि १२ मत थियो । भ्रष्टाचार मुद्दाका कारण माओवादीबाट निर्वाचित मोहन्याल गाउँपालिका देवीदत्त उपाध्यायले मतदान गर्न पाएनन् ।

धनगढी उपमहानगरपालिकाका स्वतन्त्र उम्मेदवार गोपाल हमालले गठबन्धनमा मत दिएका छन् । उनको मत गठबन्धनमा गएसङै गठबन्धन गठबन्धनको १३ र एमाले नगरिक उन्मुखको १२ मत भएको हो ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*