३ जेष्ठ २०८१, बिहीबार  |  16 May 2024,Thursday
Ad

अमेरिकामाथि नेपालको ६ विकेटको सहज जित

आईसीसी विश्वकप छनोट क्रिकेटमा नेपालले अमेरिकामाथि ६ विकेटको सहज जित निकालेको छ । टुर्नामेन्टमा नेपालको यो पहिलो जित हो ।

जिम्बाबेको राजधानी हरारेमा आयोजित सो प्रतियोगितामा नेपालले जितका लागि २०८ रनको लक्ष्य पाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको नेपालले ४ विकेट गुमाएर ४३ ओभरमा जित निकालेको थियो । नेपालको जितमा तेस्रो विकेटमा आएका भीम सार्की ७७ रनको पारी र फास्ट बलर करण केसीको ४ विकेटले सम्भव भएको हो । सार्की र दीपेन्द्रसिंह ऐरीले नट आउट ७४ रनको साझेदारी गरेका थिए । ऐरी ३९ रनमा नट आउट रहे ।

ओपनर कुशल भुर्तेल ३१ र आसिफ शेख १२ रन तथा कप्तान रोहित पौडेलले १६ रनको योगदान दिएका थिए । पाँचौ विकेटका लागि मैदान छिरेका कुशल मल्ल १३ रनमात्र बनाएर पभेलियन फर्के ।

यसअघि पहिलो ब्याटिङका लागि मैदान छिरेको अमेरिकाले भने ४९ ओभरमा सबै विकेट गुमाएर २०७ रन बनाउन सकेको थियो ।

नेपालको बलिङतर्फ भने केसीले ९ ओभरमा ३ मेडन राख्दै सर्वाधिक ४ विकेट लिए । गुलशन झाले पनि १० ओभरमा ५२ रन खर्चिएर ३ विकेट लिँदा दीपेन्द्रसिंह ऐरीले दुई र ललित राजवंशीले एक विकेट लिए ।

अमेरिकालाई पराजित गरेसँगै समूह ए मा पहिलो जित निकालेको नेपालले २ अंक जोडेको छ । नेपाल पहिलो खेलमा घरेलु टिम जिम्बाबेसँग ८ विकेटले पराजित भएको थियो ।
अमेरिकाको भने, यो लगातार दोस्रो हार हो । अमेरिका पहिलो खेलमा वेस्ट इन्डिजसँग ३९ रनले पराजित भएको थियो ।

अब नेपालले तेस्रो खेल बिहीबार वेस्ट इन्डिज र अन्तिम खेल शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*