काठमाडौं ।   साग २०१९को पुरुष तर्फकोे मंगलबार दिउँसो भएको फुटबल खेल नेपालले जितेको छ । 
 दशरथ रंगशाला त्रिपुरेश्वर काठमाडौंमा भएको खेलमा नेपालले भुटानलाई २–१ ले प्राजित गरेको हो । 
 भुटानलाई हराउँदै नेपालले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत पुरुष फुटबलको स्वर्ण जितेको हो ।
 त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको खेलमा नेपालको तर्फबाट १७ औं मिनेटमा अभिषेक रिजाले पहिलो गोल गरेका थिए । तर खेलको ३७ औं मिनेटमा चेन्चो ग्याल्सेनले एक गोल फर्काए संगै हाफ समय सम्म खेल बराबरी भएको थियो ।
 खेलको दोस्रो हाफमा नेपालको तर्फबाट सुनिल बलले एक गोल गरे संगै फेरि नेपालले अग्रता लिएको थियो । बलले खेलमा उत्कृष्ट हेड गोल गर्दै नेपाललाई अग्रता दिलाएका  थिए । लगातार दवाब दिएको नेपालले भुटानलाई गोल फर्काउन दिएन् । 
 अन्त्त साग २०१९को पुरुष तर्फको स्वर्ण नेपालले जिति छाड्यो ।
 यस अघि सन २०१६, १९९३, १९८४ मा फुटबल खेलको उपाधी जिति सकेको नेपालले यो संगै चौथो पटक खेल जितेको छ ।

 
					
न्यूज समय
२४ मंसिर, २०७६, मंगलबार ००:००