८ बैशाख २०८१, शनिबार  |  20 April 2024,Saturday
Ad

सिद्धार्थ बैंकको १५ प्रतिशत लाभांश पारित

सिद्धार्थ बैंक लिमिटेडको उन्नाइसौँ वार्षिक साधारणसभाले लगानीकर्तालाई १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साधारणसभाले १२ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश पारित गर्ने प्रस्ताव पारित गरेको हो ।

कोभिड–१९ महामारीको जोखिम कायमै रहेको र नेपालमा कोभिड–१९ को नयाँ प्रजाति–भेरियन्टको संक्रमण पनि देखिएको अवस्थालाई मध्यनजर गर्दै साधारणसभा अनलाइन (भर्चुुअल) माध्यममार्फत सम्पन्न गरिएको बैंकले जनाएको छ ।

साधारणसभाले बैंकको चुक्ता पुँजी ९ अर्ब ७८ करोड ७७ लाख रुपैयाँको १२ प्रतिशतबराबरको  १ अर्ब १७ करोड ४५ लाख रुपैयाँबराबरको बोनस सेयर तथा ३ प्रतिशतबराबरको २९ करोड ३६ लाख रुपैयाँको नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको हो ।

साधारणसभामा भएको निर्वाचनबाट सञ्चालक समितिमा संस्थापक सेयरधनी समूहको तर्फबाट मनोजकुमार केडिया, नरेन्द्रकुमार अग्रवाल र राहुल अग्रवाल निर्विरोध निर्वाचित भएको बैंकले जनाएको छ । सर्वसाधारण सेयरधनी समूहको तर्फबाट दिनेशशंकर पालिखे र अंकित केडिया निर्विरोध निर्वाचित भएको जनाइएको छ । 

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*