६ चैत्र २०८०, मंगलवार  |  19 March 2024,Tuesday
Ad

सिंहदरवार अगाडी प्रदर्शन गरिरहेका १५ जना नागरिक अभियन्ता पक्राउ

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाउनका निम्ति प्रदर्शन गरेका १५ जना नागरिक अभियन्तालाई प्रहरीले पक्राउ गरेको छ ।
आईतवार सिंहदवार अगाडी प्रदर्शन गरिरहेको अवस्थामा अभियन्तहरुलाई प्रहरीले पक्राउ गरिएको हो । पक्राउ पर्नेहरुमा नागरिक अभियन्ताहरु खगेन्द्र संग्रौला, नारायण वाग्ले, श्रवण मुकारुङ, नारायण ढकाल, अर्चना थापा, लगायत रहेका छन् ।
उनिहरुलाई अहिले भृकुटीमण्डव स्थित महेन्द्र पुलिस क्लबमा राखिएको छ ।
स्वास्थ्य शिक्षा क्षेत्रमा भइरहेको चरम लापरवाही र बेथिति तथा बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाउनका निम्ति नागरिक अगुवाहरुले केहि समय यता आन्दोलन गर्दै आएका छन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*