१६ चैत्र २०८०, शुक्रबार  |  29 March 2024,Friday
Ad

सर्वोच्चलाई प्रधानमन्त्रीको लिखित जवाफ

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्नुको कारणसहितको लिखित जवाफ सर्वोच्च अदालतलाई पठाएका छन् ।

महान्यायाधीवक्ताको कार्यालयमार्फत प्रधानमन्त्री ओलीले बिहिबार अदालततलाई लिखित जवाफ पठाएका हुन् ।

गएको पुस ५ गतेको जस्तै राजनीतिक अवस्था अहिले पनि विद्यमान रहेको भन्दै जवाफमा संसद विघटन गर्दा कुनै पनि दलले बहुमत प्राप्त गर्न सक्ने अवस्था नभएको भनिएको छ ।

जवाफमा देशलाई थप निर्णयहीनताको बन्दी बनाउनु भन्दा नयाँ जनादेशबाट स्थित सरकार निर्माण गर्नुपर्छ भनेको कुरा सम्मानित सर्वोच्च अदालतबाट प्रतिनिधि सभाको पुनः स्थापना पछिका यी ३ महिनाको अवस्थाबाट अझ स्पष्ट रुपमा पुष्टि भएको उल्लेख छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*