८ बैशाख २०८१, शनिबार  |  20 April 2024,Saturday
Ad

सरकार र विप्लव नेकपाबिच आज पनि वार्ता जारी

सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बिच पुनः बिहीबार पनि वार्ता भइरहेको छ ।

सरकार र विप्लव नेकपाबिच बुधबारदेखि औपचारिक वार्ता सुरु भएको हो । बुधबार दिनभर तीनपटक दुई टोलीबिच वार्ता भएको थियो । वार्ता सकारात्मक रहेको र बिहीबारको वार्तालाई निर्णायक बनाउने प्रयास भइरहेको स्रोतले जनाएको छ ।

बुधबार बेलुका दुई वार्ता टोलीबिच गृहमन्त्री रामबहादुर थापा बादलको पुल्चोक स्थित सरकारी निवासमा तेस्रो वार्ता भएको थियो ।

त्यसअघिका दुई वार्ता प्रधानमन्त्री निवास बालुवाटारमा भएका थिए । दुवै पक्ष समान धारणा नजिक पुगेको दाबी सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईले बताएका थिए । त्यहि विन्दुबाट अहिले वार्ता सुरु भएको स्रोतले बताएको छ ।

सरकारी वार्ता टोलीमा गृहमन्त्री थापा र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार भट्टराई तथा विप्लव नेकपाको टोलीमा खड्गबहादुर विश्वकर्मा र दीपक चलाउने छन् ।

हिंसात्मक गतिविधिमा संलग्न रहेको भन्दै सरकारले २०७५ को फागुन २८ मा विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएको थियो ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*